मोक्षदा एकदशीको व्रत कथा
आज मोक्षदा एकादशी हो, यसको व्रतकथा र महात्म्य विभिन्न पुराण र धर्मग्रन्थमा उल्लेख गरिएको पाइन्छ । द्वापर युगमा यसै दिन अर्थात् मार्गशीर्ष शुक्ल एकादशी परेको दिन महाभारतको विश्वयुद्ध हुँदाहुँदै कुरुक्षेत्रमा भगवान् श्रीकृष्णले अर्जुनलाई श्रीमद्भगवद्गीताको उपदेश गर्नु भएको थियो, त्यसैले यो तिथि गीता जयन्तीका रूपमा पनि भव्यताका साथमा मनाउने प्रचलन रहेको छ । गीतामा रहेको सद्ज्ञान प्राप्त गर्न वा पाठ प्रारम्भ गर्न उपयुक्त दिनका रूपमा यसै दिनलाई रोज्ने चलन पनि देखिन्छ । श्रद्धालु भक्तहरूले गीताको मनन, स्वाध्याय र चिन्तन प्रारम्भ गर्ने विचार गर्नुभएको छ भने आजकै दिनबाट प्रारम्भ गीता-पाठको अनुष्ठान प्रारम्भ गर्नुपर्छ तथा प्रतिदिन यथासम्भव गीता पढ्नुपर्छ । गीतारूपी सूर्य को प्रकाशद्वारा अज्ञानरूपी अन्धकार नष्ट हुन्छ भन्ने मान्यता छ ।
पद्मपुराणको एउटा प्रसङ्गमा भगवान् श्रीकृष्ण धर्मराज युधिष्ठिरसित भन्नुहुन्छ - 'मार्गशीर्ष शुक्ल एकादशीका दिन तुलसीको मंजरी, धूप-दीप आदिद्वारा भगवान दामोदरको पूजन गर्नुपर्छ । यस एकादशीले ठूलाठूला पातकहरू नष्ट तुल्याउने सामर्थ्य राख्दछ । यस दिन उपवास गरेर श्रीहरिको नाम-सङ्कीर्तन, भक्तिगीत र नृत्य गर्दै रात्रिकालमा जागरण गर्नुपर्ने शास्त्रीय विधान छ ।' अर्जुनलाई सम्बोधन गर्दै भगवान् भन्नुहुन्छ 'हे पार्थ ! यस एकादशीको एक दिनको पुण्य प्राणीका निम्ति नरकबाट मुक्ति प्रदान गर्ने पुण्य मानिन्छ ।'
यस सन्दर्भमा लीलाधारी श्रीकृष्णले जुन कथा धर्मराज युधिष्ठिरलाई सुनाउनु भएको थियो त्यो प्रसङ्ग उल्लेख गर्न योग्य छ । भगवान् भन्नुहुन्छ - 'एकजना वैखानस नाम गरेका राजा थिए उनको राज्यमा सबै धनवैभव, सुखसुविधा र शान्तिपूर्वक बसोबास गर्दथे । योगी, मुनि, सिद्ध, सन्तमहन्त, आम नागरिकलगायत त्यस राज्यमा रहेका समस्त जीवजन्तु विना कुनै भय आआफ्ना कर्ममा लिप्त थिए । राजा स्वयं पनि उदार, दानी, कुशल, धार्मिक र दयालु थिए । यस्ता प्रजापालक राजाले एक रात स्वप्नमा आफ्ना पिताले नरकको कठोर यातना भोगिरहेको दृश्य देखेछन् । पिताको त्यो अवस्था देखेर उनमा ठूलो छट्पटी र चिन्ता भयो । उनी रातभरि निदाउन सकेनन् । जसैतसै उज्यालो भयो, बिहान क्षितिजमा सूर्यको लालिमा देखापर्नासाथ उनी राज्यमा रहेका ज्ञानी, पण्डित र विद्वज्जनको शरणमा पुगे र राती सपनीमा जेजस्तो देखेका थिए, त्यो विवरण सुनाए । राजाका कुरा सुनेर उपस्थित भद्रभलादमी तथा सज्जनहरूले एक स्वरमा उनलाई त्रिकालदर्शी ऋषि पर्वतको आश्रममा जानू र उपयुक्त सुझाव ग्रहण गर्नू भन्ने सल्लाह दिए । राजा सभासद्को अनुरोधलाई स्वीकार गर्दै ऋषि पर्वतका कुटीमा पुगे र उनलाई विनम्रतापूर्वक आफ्नो समस्या अवगत गराए । राजाको मानसिक व्यथा, अधीरता र छट्पटीलाई ख्याल राख्दै उनको सपना सत्य हो, होइन ? भनी ऋषिले ध्यानदृष्टिले विचार गरे अनि राजा वैखानसलाई सम्झाउँदै भने भने - हे राजन् ! हजुरका पिता वहाँले आफ्नो सांसारिक जीवन उपभोग गर्ने क्रममा गरेको एउटा सानो गल्तीको सजाय भोग्दै हुनुहुन्छ । यस सजायलाई कम गर्न र उनलाई नरकबाट मुक्त बनाउन अब हजुरले मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात मोक्षदा एकदशीको व्रत लिनु पर्छ । यस एकादशीको पुण्य हजुरले आफ्ना पितालाई समर्पण गरिदिए पछि वहाँको अतृप्त आत्माले नरकबाट मुक्ति पाउने छ । ऋषि पर्वतको आज्ञा शिरोधार्य गरी राजा वैखानसले त्यसपछि मंसिर महिनाको शुक्लपक्षको एकादशीका दिन विधिपूर्वक मोक्षदा एकादशीको व्रत गरे र प्राप्तपुण्य आफ्ना मृतपितालालाई अर्पित गरिदिए । यसरी आजको एकादशीको एक पटकको पुण्य प्राप्त गरी वैखानसका पिता तुरुन्त नरकबाट मुक्त भई उत्तम गति प्राप्त गर्न सफल भए ।'

.jpg)

No comments